• बिहीबार , २९ असोज २०८३
  • images
    images

    चिकित्सक लाइसेन्स परीक्षामा ३८ प्रतिशत उत्तीर्ण

    चिकित्सक लाइसेन्स परीक्षामा ३८ प्रतिशत उत्तीर्ण

    हेल्दीखबर
    आइतबार, जेठ २१ २०८०
    हेल्दीखबर
    आइतबार, जेठ २१ २०८०
    चिकित्सक लाइसेन्स परीक्षामा ३८ प्रतिशत उत्तीर्ण
    नेपाल मेडिकल काउन्सिल

    काठमाडौँ, २१ जेठ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)मा ३८.३९ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
    काउन्सिलका अनुसार परीक्षाका लागि मेडिकल (एमबीबीएस) र डेन्टल (बीडीएस) गरी कुल १ हजार ७२६ जनाले फारम भरेका थिए । त्यसमध्ये १७ जना अनुपस्थित रहेका थिए । १२ जनाको नतिजा रोकिएको छ

    । कुल सहभागी १ हजार ७०९ जनामध्ये उत्तीर्ण हुनेको संख्या ६५६ जना रहेको छ । परीक्षामा १ हजार ५३ जना अनुतीर्ण भएका छन् ।

    images

    काउन्सिलले मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको उल्लेख गरेको छ ।

    यस्तै डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार