• शुक्रबार, ३० असोज २०८३
  • images

    चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल 

    चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल 

    हेल्दीखबर
    आइतबार, असोज ९ २०७९
    हेल्दीखबर
    आइतबार, असोज ९ २०७९
    चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल 

    काठमाडौं । ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १७६ जना अनुत्तीर्ण भएका छन्।

    परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए। जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भएका छन्। परीक्षामा १ हजार १ सय ७५ जना फेल भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए। काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार डेन्टल ९बिडिएस० तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन्।  बिडिएस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए। परीक्षामा सहभागी भएका ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन्। परीक्षामा १२३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको प्रतिशत ३४ दशमलव ८४ छ।

    images

    उनका अनुसार डेन्टल ९बीडीएस० तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए। परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन्।यस्तै,एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए।१ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार