• बिहीबार , २९ असोज २०८३
  • images
    images

    ओमिक्रोनको नयाँ भेरिएन्ट पुष्टि

    ओमिक्रोनको नयाँ भेरिएन्ट पुष्टि

    हेल्दीखबर
    मंगलबार, चैत २१ २०७९
    हेल्दीखबर
    मंगलबार, चैत २१ २०७९
    ओमिक्रोनको नयाँ भेरिएन्ट पुष्टि


    काठमाडौं, २१ चैत ।  केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । 
     छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६ पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिनुभयो । 

    images

    अधिकारीद्धारा जारी विज्ञप्तीमा कोभिड–१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्येश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा  पिसिआर र एन्टीजेन पोजेटिभ नमुनामा  परीक्षण गरिएको थियो । परीक्षणमा  ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए २ दुई जनामा, बिए २.७६ एक जनामा, बिए ५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्बीबी १.१६ १० जनामा, एक्बीबी १.५ तीन जनामा, एक्बीबी २.६ एकजनामा र एक्बीएफ एक जनामा पुष्टि भएको छ । 

    छिमेकी देशमा पनि उक्त भाइरस फैलिरहेको हुँदा मन्त्रालयले सिमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरुको सिमानाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।   

    नेपालमा  मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशिल हुन समेत मन्त्रालयले आग्रह गरेको छ । 

    साथै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डाको पालन गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन अनुरोध पनि गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ का लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

    रुघा, खोकी र ज्वरो जस्ता लक्षण कोरोना संक्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सूझाव छ । अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहान नबनाउन मन्त्रालयको अनुरोध छ ।  

    health-ministry-corona.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार