काठमाडौँ, २६ फागुन । मस्तिष्क मृत्युबाट प्राप्त अंगबाट प्रत्यारोपण भएका तीनजना डिस्चार्ज भएका छन् ।
एक जना कलेजो र दुई जना मिर्गौला प्रत्यारोपिततहरु शुक्रबार डिस्चार्ज भएका हुन् ।
केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठका अनुसार नेपालको इतिहासमा पहिलो पटक मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरी कलेजो प्रत्यारोपपित ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय किरण थापा शल्यक्रिया भएको १० औं दिनमा डिस्चार्ज हुनुभएको हो ।
त्यस्तै सोही दिन मस्तिष्क मृत्युबाट प्राप्त दुई वटा मिर्गौला मध्ये एक जना मिर्गौला प्रत्यारोपित शल्यक्रियाको पाँचौ दिनमा र अर्का मिर्गौला प्रत्यारोपित शुक्रबार सकुशल डिस्चार्ज हुनुभएको हो ।
२०७४ बैशाख २८ गतेबाट पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भए पश्चात हालसम्म पाँच जना व्यक्तिबाट प्राप्त १० वटा मिर्गौला र तीनवटा कलेजो प्रत्यारोपण भएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले अङ्ग फेल भएका र अंग नपाएर प्रत्यारोपण गर्न नपाइ मृत्युबरणसम्म गर्नु पर्ने बाध्यताको अन्त गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।
अंग दान गर्न र मस्तिष्क मृत्यु पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा अनुरोध गर्नुहुँदै उहाँले मिर्गौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरु समय समयमा परीक्षण गरी प्रत्यारोपणका लागि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रहेको समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समते आग्रह गर्नुभयो ।