• सोमबार, २ कात्तिक २०८३
  • images

    स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्‍याउने सुनौले नेपाललाई ५० हजार रुपैयाँ जरिवाना

    स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्‍याउने सुनौले नेपाललाई ५० हजार रुपैयाँ जरिवाना

    हेल्दीखबर
    मंगलबार, फागुन १६ २०७९
    हेल्दीखबर
    मंगलबार, फागुन १६ २०७९
    स्वास्थ्यजन्य फोहोर सिसडोल पुर्‍याउने सुनौले नेपाललाई ५० हजार रुपैयाँ जरिवाना

    काठमाडौं, १६ फागुन । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पुर्‍याउनेलाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ। वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको थियो। 

    महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ। जरिवानाका विषयमा वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘कानुनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गर्छौँ।’

    images

    अहिले काठमाडौंसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ। यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ। 

    हानीकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्छ। त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार