• शनिबार, १ कात्तिक २०८३
  • images

    प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

    प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

    हेल्दीखबर
    बिहीबार , मंसिर २२ २०७९
    हेल्दीखबर
    बिहीबार , मंसिर २२ २०७९
    प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना


     काठमाडौँ, २२  मंसिर। वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो ।

    अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।

    images

    कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ । 

    साथै विभागले कसैले टोल छिमेकमा खुलारुपमा फोहर जलाउने तथा खुलारुपमा फोहर जलाएको पाइएमा गोप्यरुपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुलारुपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।

    रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार