काठमाडौँ, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सेवाग्राहीले सरकारी अस्पतालमा एक महिनाभित्र लाइन लाग्नुपर्ने अवस्था हटाउन निर्देशन दिनुभएको छ ।
उहाँले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिँदा लाइनमा लागेर सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिनुभयो ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुसँगको छलफलपछि उहाँले सरकारी अस्पतालमा बिरामीको उपचार गर्दा लाइन लाग्नु पर्ने अवस्थाको १ महिनाभित्र अन्त्य हुनुपर्ने बताउनुभयो ।
ुअब सरकार गठनको एक महिनाभित्र सरकारी अस्पतालमा बिरामीको उपचार,राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछु दाहालले दिएको लिखित निर्देशनमा छ उल्लेख छ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा ३० बुँदे निर्देशन समेत दिनुभएको छ ।