काठमाडौँ। स्वास्थ्य मन्त्रीमा भवानीप्रसाद खापुङलाई नियुक्त गर्ने तयारी भइरहेको छ। एकीकृत नेकपा समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई मन्त्री बाट फिर्ता बोलाएसगै राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले यसअघि सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई फिर्ता बोलाई नयाँलाई सो अवसर दिने निर्णय गरेको थियो । सोही अनुसार सबै मन्त्री फिर्ता हुने भएका छन् । तर स्वास्थ्य राज्यमन्त्री खापुङ भने फुल मन्त्रीमा बढुवा हुनुभएको छ।
यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई जिम्मेवारी दिईदै छ ।