• शनिबार, १ कात्तिक २०८३
  • images

    सूर्तिजन्य पदार्थ आयातमा रोक, कच्चा पदार्थ भने ल्याउन पाईने

    सूर्तिजन्य पदार्थ आयातमा रोक, कच्चा पदार्थ भने ल्याउन पाईने

    हेल्दीखबर
    बुधबार, वैशाख १४ २०७९
    हेल्दीखबर
    बुधबार, वैशाख १४ २०७९
    सूर्तिजन्य पदार्थ आयातमा रोक, कच्चा पदार्थ भने ल्याउन पाईने


    काठमाडौ । सरकारले सूर्तिजन्य पदार्थको आयातमा रोक लगाएको छ । 
    तर सरकारले चुरोट तथा सुर्तीजन्य वस्तुको कच्चा पदार्थ ल्याउन भने छुट दिएको छ ।


    आजबाट लागू हुने गरी सरकारले सूर्तिजन्य पदार्थसहित १० वटा वस्तुको आयातमा रोक लगाएको हो ।  

    images


    सरकारले आगामी असार मसान्तसम्मका लागि सूर्तिजन्य पदार्थ सहित  १० वस्तुको आयातमा रोक लगाएको हो  । 


    उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु लगायतका विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको छ ।


    मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र  खेल्ने तास आयातमा रोक लगाएको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार