काठमाडौ । नेपालमा थप एक जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ५८ वर्षिया पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताउनुभयो । संक्रमित व्यक्ति ओमिक्रोन फैलिएको देशबाट आउनुभएको हो ।
डा.अधिकारीले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहनुका साथै उहाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सहित नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जना विदेशी व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।