• बुधबार, २८ असोज २०८३
  • images

     सबै देशबाट आउने नागरिकलाई सात दिन होटल क्वारेनटाईनः स्वास्थ्य मन्त्रालय

     सबै देशबाट आउने नागरिकलाई सात दिन होटल क्वारेनटाईनः स्वास्थ्य मन्त्रालय

    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
     सबै देशबाट आउने नागरिकलाई सात दिन होटल क्वारेनटाईनः स्वास्थ्य मन्त्रालय
    स्वास्थ्य मन्त्रालय


    काठमाडौ । कोरोना भाइरसको  ओमिक्रोन भेरियन्टलाई रोक्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै देशबाट आउने नागरिकलाई कम्तीमा सात दिन होटल क्वारेन्टाइनमा राख्नुपर्ने प्रस्ताव गरेको छ । 

    यसअघि अध्यागमन विभागले शुक्रबार ६७ वटा देशबाट आउने यात्रुलाई सात दिन क्वारेन्टाइनमा राख्नुपर्ने आदेश जारी गरेर २४ घण्टा नवित्दै फिर्ता लिएको थियो तर  स्वास्थ्य मन्त्रालयले अघि बढाएको सात दिन होटल क्वारेनटाईनमा बस्नुपर्ने प्रस्तावको कारण अध्यागमन विभागले निर्णय फिर्ता लिएको बुझिएको छ । 


    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगिता मिश्रले ओमिक्रोन भेरियन्ट रोक्नका लागि सबै देशबाट आउने यात्रुले ७ दिन क्वारेनटाईनमा  बस्नुपर्ने प्रस्ताव स्वास्थ्यले गरेको बताउनुभयो । उहाँले स्वास्थ्यले यस सम्वन्धी प्रस्ताव गत साता नै मन्त्रिपरिषदमा पेश गरेको बताउनुभयो । नेपालमा अहिलेसम्म दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार