• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    उपकुलपति छनोट गर्न तीन सदस्यीय समिति गठन

    उपकुलपति छनोट गर्न तीन सदस्यीय समिति गठन

    हेल्दीखबर
    शुक्रबार, मंसिर १७ २०७८
    हेल्दीखबर
    शुक्रबार, मंसिर १७ २०७८
    उपकुलपति छनोट गर्न तीन सदस्यीय समिति गठन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्याले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छनोटका लागि सिफारिस समिति गठन गरेको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा उपकुलपति छनोटका लागि तीन  सदस्यीय सिफारिस समिति गठन गरेको हो। 
    सिफारिस समितिमा मन्त्री स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला सदस्य हुनुहुन्छ ।

    समितिले उपकुलपति छनोटका लागि प्रस्ताव आब्हान गर्ने र प्राप्त  आवेदन दिएका मध्येबाट ३ जनालाई छनोट गरि प्रधानमन्त्री  समक्ष प्रस्ताव पेश  गर्नेछ। सिफारिस समितिले सिफारिस गरेको प्रस्तावका आधारमा प्रतिष्ठानका कुलपतिले एकजनालाई प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने व्यवस्था छ। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार