काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिने भएको छ । अस्पतालले निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन गर्ने जनाएको छ ।
आउने शनिवार नर्भिक अस्पतालमा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको छ । औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका,महिनावारीमा गडबडी भएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्ने अस्पतालले जनाएको छ ।