• बिहीबार , २९ असोज २०८३
  • images
    images

    नेपाली बजारमा अत्यावश्यक औषधी सिटामोलको अभाव

    नेपाली बजारमा अत्यावश्यक औषधी सिटामोलको अभाव

    शनिबार, भदौ ५ २०७८
    शनिबार, भदौ ५ २०७८
    नेपाली बजारमा अत्यावश्यक औषधी सिटामोलको अभाव



    काठमाडौँे । कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । उहाँलेजस्तै सरोज उपकारेटीले पनि भाइलाई ज्वरो आएपछि बजारमा सिटामोल खोज्दा नपाएर वीर अस्पताल नै आउनुपरेको बताउनुभयो ।
    कोभिड क्राइसिसका कारण उद्योगीहरूले कच्चा पदार्थ पाउन नसकेकाले निजी कम्पनीको उत्पादन कम भएको केसी सुनाउनुहुन्छ । विभागमा पछिल्लो समय सिटामोलको नयाँ मूल्य निर्धारण गर्नुपर्ने विषयमा दबाब र बहस दुवै चलिरहेको छ तर महामारीको समयमा सिटामोलको मूल्य बढाउँदा न्यायसङ्गत नहुने भएकाले त्यो कार्य तत्कालका लागि रोकिएको उहाँले जानकारी दिनुभयो ।
    सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सिटामोलको पुनः उत्पादन थालेपछि सहज र सस्तो मूल्यमा आम नागरिकले सिटामोल पाउने अपेक्षा गरिएको थियो तर अधिक उत्पादनका लागि विविध समस्या रहँदा नेपालका सम्पूर्ण माग धान्न सक्ने गरी सिटामोल उत्पादन गर्न नसकिएको त्यहाँका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताउनुभयो । यस संस्थामा आएको तीन महिनापछि सिटामोलको पुनःउत्पादन सक्रिय पारिएको उहाँले दाबी गर्नुभयो ।
    नेपाल औषधि लिमिटेडले सबै माग धान्ने गरी उत्पादन गर्न नयाँ मेसिनसहित कच्चा पदार्थ आउने बहुपक्षीय मार्ग अवलम्बन गर्नुपर्ने महाप्रबन्धक सफिउल्लाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकिलो २८० रुपियाँ पर्ने कच्चा पदार्थको मूल्य यतिबेला एक हजार १५० रुपियाँ पुगेको छ । यस्तो अवस्थामा पनि उद्योगले सङ्कट टार्नका लागि भारतबाट थोरै थोरै मात्रामा भए पनि कच्चा पदार्थ निरन्तर खरिद गरेर उत्पादन गरिरहेको छ । वैकल्पिक कच्चा पदार्थका लागि चीनबाट पनि खरिद गर्न सकिन्छ तर टेन्डरलगायतका प्रक्रियामा दुई महिना लाग्ने गर्छ । त्यसैले पनि सहज नभएसम्मका लागि भारतबाटै ल्याउने क्रम जारी राखेको उहाँले स्पष्ट पार्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार