• बिहीबार , २९ असोज २०८३
  • images
    images

    चाइनाको ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बिएसआर बायोटेक प्रालिद्धारा स्वास्थ्य मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

    चाइनाको ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बिएसआर बायोटेक प्रालिद्धारा स्वास्थ्य मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

    शनिबार, भदौ ५ २०७८
    शनिबार, भदौ ५ २०७८
    चाइनाको ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बिएसआर बायोटेक प्रालिद्धारा स्वास्थ्य मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण

    काठमाण्डौँ । कोरोना महामारी बिरुद्ध लड्न चाइनाको ग्वान्जावस्थित ग्वान्जाव उन्डफु बायोटेक कम्पनी र बिएसआर बायोटेक प्रालिको संयुक्त सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिएसआर बायोटेक प्रा.लिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई मेडिकल सामग्री हस्तान्तरण गरेको हो।
    हस्तान्तरण कार्यक्रममा कम्पनीका तर्फबाट नविन कोइराला, दिपेश भण्डारी, र प्रज्जवल न्यौपानेको उपस्थिति थियो। उनीहरुले उपलब्ध गराएको सामग्रीहरुमा कोरोना परीक्षणमा प्रयोग गरिने ८ हजार ४ सय थान एन्टिजेन टेष्ट किट तथा २ थान फाइन केयर थ्रि प्लस एनालाइजर रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार