सोलुखुम्बु,१७ कार्तिक । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको ।
अर्का एक जना घाइते हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्का एक जनाको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रारम्भिक जानकारीअनुसार अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको बताउनुभयो। उहाँका अनुसार घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।
दुर्घटनाको कारण र क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ।