• आइतबार, १ कात्तिक २०८३
  • images

    अभिनेत्री दीपाश्री निरौला १८ दिनपछि डिस्चार्ज 

    अभिनेत्री दीपाश्री निरौला १८ दिनपछि डिस्चार्ज 

    बिहीबार , साउन ७ २०८३
    बिहीबार , साउन ७ २०८३
    अभिनेत्री दीपाश्री निरौला १८ दिनपछि डिस्चार्ज 

    काठमाडौं ७ साउन । चर्चित हास्य कलाकार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला १८ दिनको अस्पताल बसाइपछि डिस्चार्ज हुनुभएको छ ।
      ब्रेन ट्युमरको सफल शल्यक्रियापछि स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि निरौला अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

    अस्पतालबाट डिस्चार्ज हुँदै उहाँले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आफ्नो १८ दिनको संघर्षलाई महाभारत युद्धसँग तुलना गर्दै भावुक सन्देश पनि दिनुभयो ।
    'महाभारत युद्ध पनि १८ दिन नै भएको थियो रे! मेरो जीवनमा अप्रत्यासित रूपमा आएको रोगसँगको संघर्ष पनि १८ दिन नै चल्यो,' उहालाइ उद्घृत गर्दै अभिनेता दिपकराज गिरीले भन्नुभएको छ ।

    images

    दीपाश्री केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएको थियो ।
     अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उहाँको मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको थियो

    नेपाली मनोरञ्जन क्षेत्रमा दशकौँदेखि सक्रिय दीपाश्री निरौला अभिनय, हास्य प्रस्तुति र निर्देशनका माध्यमबाट लोकप्रिय हुनुहुन्छ । विशेषगरी 'छक्का पञ्जा' शृङ्खलालगायतका सफल चलचित्र निर्देशनपछि उहाँकै नेपाली चलचित्र उद्योगकी सफल निर्देशकका रूपमा स्थापित हुनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार