• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    सोपान फार्मास्युटिकल्सको आईपीओ निष्कासन 

    सोपान फार्मास्युटिकल्सको आईपीओ निष्कासन 

    बिहीबार , वैशाख ३ २०८३
    बिहीबार , वैशाख ३ २०८३
    सोपान फार्मास्युटिकल्सको आईपीओ निष्कासन 

    काठमाडौँ, ३ वैशाख । सोपान फार्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। 

    कम्पनीले जारी पूँजीको एक हिस्सा सर्वसाधारणमा बाँडफाँड गर्ने उद्देश्यले आईपीओ सार्वजनिक गरेको हो।

    कम्पनीका अनुसार, सर्वसाधारणका लागि आवेदन आज वैशाख ३ (आजदेखी) गतेदेखि खुला भएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार  कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ।

    आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा वैशाख ८ गतेसम्म तोकिएको छ । सो अवधिमा पर्याप्त आवेदन नपरेमा वैशाख १७ गतेसम्म म्याद थपिने व्यवस्था गरिएको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। यसकासाथै ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँबराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ४ लाख २९ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।

    अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

    आईपीओको बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

    कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, पछिल्ला वर्षहरूमा वित्तीय सूचकहरूमा सुधार देखिएको छ । आगामी वर्षहरूमा समेत आम्दानी वृद्धि गर्ने प्रक्षेपण गरिएको छ। कम्पनीले औषधि उत्पादन तथा वितरण क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यसहित पूँजी वृद्धि गर्न लागेको जनाएको छ।

    त्यसैगरी, कम्पनीको लगानी प्रतिफल र नेट प्रेजेन्ट भ्यालु सकारात्मक देखिएकोले दीर्घकालीन रूपमा लगानीकर्ताका लागि आकर्षक हुन सक्ने विश्लेषण गरिएको छ।

    कम्पनीको क्रेडिट रेटिङ पनि सन्तोषजनक रहेको उल्लेख गर्दै समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता रहेको जनाइएको छ।

    आईपीओ निष्कासनसँगै सोपान फार्मास्युटिकल्सले औषधि उत्पादन क्षमता विस्तार, प्रविधि सुधार तथा बजार विस्तारमा लगानी गर्ने योजना अघि सारेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार