• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    जग्गा भाडामा लिएर म्याद सकिएका औषधि डिस्पोज

    जग्गा भाडामा लिएर म्याद सकिएका औषधि डिस्पोज

    बुधबार, वैशाख २ २०८३
    बुधबार, वैशाख २ २०८३
    जग्गा भाडामा लिएर म्याद सकिएका औषधि डिस्पोज

    काठमाडौं, २ वैशाख । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित बागमती किनारामा जमिन भाडामा लिएर म्याद सकिएका औषधि डिस्पोज गर्ने गरेको पाइएको छ । 

    दक्षिणकाली नगरपालिका वडा नं १ का वडा अध्यक्ष जय थापा मगरका अनुसार अनुगमनका क्रममा बागमती किनारामा जमिन भाडामा लिएर अन्यत्रबाट ल्याइएका औषधि डिस्पोज गर्ने गरेको पत्ता लागेको हो । 

    अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका औषधि फेला परेको थियो ।  

    वडा कार्यालयले सार्वजनिक स्थानमा यति ठूलो परिमाणमा औषधि फेला पारेपछि इलाका प्रहरी कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखालाई समेत जानकारी गराएको थियो ।  हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ।

    धेरैजसो प्रयोगमा आउने डाइजिन, सिटामोल र जीवनजल जस्ता म्याद सकिएका औषधि डिस्पोज गर्न लागिएको अवस्थामा फेला परेको अध्यक्ष मगरले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। सार्वजनिक स्थानमा औषधिजन्य पदार्थ डिस्पोज गर्न नपाइने कानुनी व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार