• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    एपोन अध्यक्ष विप्लव अधिकारीद्वारा महासंघ कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा

    एपोन अध्यक्ष विप्लव अधिकारीद्वारा महासंघ कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा

    बुधबार, चैत ११ २०८२
    बुधबार, चैत ११ २०८२
    एपोन अध्यक्ष विप्लव अधिकारीद्वारा महासंघ कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा

    काठमाडौँ, ११ चैत । नेपाल औषधि व्यवसायी संघ (एपोन) का अध्यक्ष विप्लव अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

     उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै औषधि उत्पादक क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिने बताउनुभयो।

    आसन्न निर्वाचन आगामी ३० चैतमा हुने तय भएको छ। उहाँले सो निर्वाचनमा वस्तुगत तर्फबाट प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी दिने निर्णय गरिएको जानकारी दिनुभयो। 

    अधिकारीका अनुसार औषधि क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको आवाज सशक्त रूपमा महासंघमा पुर्‍याउने लक्ष्यका साथ उम्मेदवारी घोषणा गर्नुभएको हो।

    अधिकारीले वस्तुगत तर्फको उम्मेदवारी एपोनको प्रतिष्ठासँग समेत जोडिएको विषय भएको उल्लेख गर्दै सम्पूर्ण औषधि व्यवसायी तथा सरोकारवालाहरूको साथ, सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो।

     “यो केवल व्यक्तिगत उम्मेदवारी होइन, समग्र औषधि क्षेत्रको प्रतिनिधित्व गर्ने अभियान हो,” उहाँले भन्नुभयो । 


    उद्योगी–व्यवसायीहरूको साझा छाता संगठनका रूपमा रहेको महासंघको आगामी नेतृत्व चयनलाई लिएर यतिबेला व्यवसायिक क्षेत्र उत्साहित बनेको छ। 

    यस्तो अवस्थामा अधिकारीको उम्मेदवारीलाई औषधि क्षेत्रको सशक्त उपस्थिति र सक्रियताको संकेतका रूपमा हेरिएको छ। उहाँले समन्वय, सहकार्य र व्यवसायिक हित प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आफ्नो अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
    महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्र आगामी २९ चैतमा ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना हुने कार्यक्रम तय गरिएको छ। त्यसपछि निर्वाचनसम्बन्धी कार्यक्रम भने ३० चैतका दिन काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन हुने तालिका रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार