• मंगलबार, ३ कात्तिक २०८३
  • images

    खोटाङमा भक्तपुर क्यान्सर अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, ५०० बिरामी लाभान्वित

    खोटाङमा भक्तपुर क्यान्सर अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, ५०० बिरामी लाभान्वित

    सोमबार, पुस १४ २०८२
    सोमबार, पुस १४ २०८२
    खोटाङमा  भक्तपुर क्यान्सर अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, ५०० बिरामी लाभान्वित

    खोटाङ, १४ पुस । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ९ निर्मलोडाँडामा भएको स्वास्थ्य शिविरमा पाँचसय बढी बिरामीले सेवा लिएका छन् ।

    भक्तपुर क्यान्सर अस्पतालको मुख्य आयोजक रहेको उक्त स्वास्थ्य शिविरमा स्थानीय समाजसेवी ज्ञानकुमार राइले समन्वय गर्नुभएको छ । 

    images

    तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा दुई हजारजनाले स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

    आज सोमबार भएको शिविरमा ५०० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

    भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेको नेतृत्वमा डा. एलिजा श्रेष्ठ, डा.आशुतोष शाह, लगायत स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिइरहेको छ ।
    उक्त शिविरमा महिलाको पाठेघरको मुखको परिक्षण गरिएको छ । पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउनेदेखि अल्ट्रासाउण्ड, स्तन क्यान्सरको स्क्रीनिङ गरिएको थियो । 
    भक्तपुर क्यान्सरबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क पाठेघरको परिक्षण, स्तन परिक्षण, जनरल क्यान्सर परिक्षण, तथा स्तनको अल्ट्रासाउण्ड समेत गरेको थियो । 
    उक्त स्वास्थ्य शिविर तीनदिनसम्म सञ्चालन हुने छ । 

    May be an image of one or more people, people smiling, hospital and text May be an image of one or more people, crowd and temple May be an image of one or more people, grass, Saqsaywaman and text May be an image of one or more people, clarinet, Saqsaywaman and grass May be an image of studying and text 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार