• बिहीबार , २९ असोज २०८३
  • images
    images

    सिमाओको १३ बुँदे काठमाडौं घोषणापत्र जारी

    सिमाओको १३ बुँदे काठमाडौं घोषणापत्र जारी

    स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र वातावरण प्रर्वधनमा जोड 

    आइतबार, मंसिर २८ २०८२
    आइतबार, मंसिर २८ २०८२
    सिमाओको १३ बुँदे काठमाडौं घोषणापत्र जारी

    काठमाडौं, २८ मंसिर । कन्फेडेरेसन अफ मेडिकल एशोसिएसन इन एसिया एण्ड ओसिनिया (सिमाओ) को  ३९ औँ साधारण सभाले १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। 

    घोषणापत्रमा विपद पूर्वतयारी, प्रतिक्रिया, प्रभावकारी व्यवस्थापन तथा विपदपछिको पुर्नस्थापना र पुनर्वासलाई प्राथमिकतामा राख्दै दिगो र सक्षम स्वास्थ्य प्रणाली निर्माणमा जोड दिइएको छ। आपतकालीन अवस्थामा पनि स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न, अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूको सुरक्षा तथा क्षमता अभिवृद्धि गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

    images

    यस्तै घोषणापत्रमा प्राथमिक स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्यको भूमिकालाई महत्वपूर्ण मान्दै, शीघ्र प्रतिक्रिया टोली, प्रभावकारी आपूर्ति प्रणाली तथा आपतकालीन समन्वय सुदृढ गर्नुपर्ने विषय उल्लेख गरिएको छ। समुदायको सहभागिता, सीमान्तकृत तथा जोखिममा रहेका समूहको समावेशीकरण, मानसिक स्वास्थ्य सहयोग, डिजिटल स्वास्थ्य तथा नवप्रवर्तनशील प्रविधिको प्रयोगमा सिमाओले जोड दिएको छ। 

    दुई दिने सभाले विपद तयारी, प्रतिक्रिया तथा व्यवस्थापन सुदृढीकरणका लागि जोड दिँदै १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो। 


    सम्मेलनमा सिमाओमा आवद्ध सदस्य राष्ट्रका चिकित्सक तथा विज्ञहरुले बढ्दो विपद जोखिम, स्वास्थ्य सेवा प्रणालीमा पार्ने प्रभाव र भविष्यका चुनौतीहरूप्रति चासो व्यक्त गरेका थिए।

    विपद जोखिमसम्बन्धी अनुसन्धान र प्रारम्भिक चेतावनी प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति र चिकित्सा शिक्षा पाठ्यक्रममा विपद तयारी समावेश गर्न, पूर्वाधारमा निरन्तर लगानी गर्न सिमाओले आह्वान गरेको छ।

    यस्तै, स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि र वातावरणलगायत क्षेत्रबीच अन्तर–क्षेत्रीय सहकार्य बढाउन, प्रमाणमा आधारित अनुसन्धान र नीतिगत विकास प्रवद्र्धन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। 


    सिमाओले प्रतिवद्धता, ऐक्यबद्धता, नवप्रवर्तन र साझा प्रयासमार्फत सदस्य राष्ट्रहरूले सुरक्षित, दिगो र मानवीय भविष्य निर्माण गर्ने लक्ष्यसहित यो घोषणापत्र जारी गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार