• बिहीबार , २९ असोज २०८३
  • images
    images

    नर्सिङ आन्दोलन: तीन बुँदे सहमति,आन्दोलन स्थगित [सहमतिपत्र सहित] 

    नर्सिङ आन्दोलन: तीन बुँदे सहमति,आन्दोलन स्थगित [सहमतिपत्र सहित] 

    शुक्रबार, कात्तिक २१ २०८२
    शुक्रबार, कात्तिक २१ २०८२
    नर्सिङ आन्दोलन: तीन बुँदे सहमति,आन्दोलन स्थगित [सहमतिपत्र सहित] 

    काठमाडौं, २१ कार्तिक । झन्डै दुई महिनादेखि आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीको समस्या समाधान भएको छ ।

    ऊनीहरुको समस्या सम्बोधन भएपछि आजैका दिनदेखि आन्दोलन स्थगित गरेका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न पेशागत संघ–संस्थाबीच आज भएको वार्तापछि तीनबुँदे सहमति बनेको हो।

    सहमति अनुसार, नेपाल सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा अब सबै स्वास्थ्यकर्मीका लागि लागू हुने प्रतिवद्धता व्यक्त गरिएको छ। यसले देशभरका सरकारी, सामुदायिक र निजी अस्पतालदेखि औषधि उत्पादक कम्पनी र शिक्षण संस्थासम्म कार्यरत स्वास्थ्यकर्मीहरुको माग सम्बोधन हुने विश्वास गरिएको छ।

    सहमतिको पहिलो बुँदामा मिति २०८१ मंसिर २७ र २०८२ असोज २४ गते मन्त्रालयका निर्णयहरू अनुसार नर्स तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक र सेवा सुविधा कार्यान्वयन गराइने उल्लेख छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निर्देशन र समन्वय गर्नेछ।


    प्रधानमन्त्रीको निर्णयमा बनेको कार्यदलमा स्वास्थ्यकर्मीको  प्रतिनिधि थपिने भएका छन् ।

    सहमतिको दोस्रो बुँदामा प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको निर्णय बमोजिम गठित प्रा.डा. श्रीकृष्ण श्रेष्ठ संयोजक समितिमा पेशागत संघ–संस्थाका प्रतिनिधि थपिने उल्लेख छ।
    समितिले स्वास्थ्य क्षेत्रका कर्मचारी संरचना, पारिश्रमिक दर, र सेवा सुविधाको कार्यान्वयनका विषयमा सिफारिस गर्नेछ। समितिमा प्रतिनिधि थपिएपछि नर्स, ल्याब, रेडियोलोजी, फर्मास्युटिकल, हाइजेनिष्ट लगायत सबै पेशागत समूहको आवाज समेटिने अपेक्षा गरिएको छ।


    तेस्रो बुँदामा आन्दोलनरत पेशागत संघ–संस्थाहरुले आजैदेखि सबै आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गर्ने र नियमित स्वास्थ्य सेवामा फर्किने सहमति गरेका  छन्। यससँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा विगत केही सातादेखि प्रभावित सेवा पुनः सहज हुने देखिएको छ।
     हेर्नुस् सहमतिपत्र: 

    health-ministry-sahamati-1762515856.jpg
    सहमतिपत्र

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार