• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    भारतमा बसेर नेपालीमा मिर्गौला तस्करी, दुईजना पक्राउ

    भारतमा बसेर नेपालीमा मिर्गौला तस्करी, दुईजना पक्राउ

    आइतबार, भदौ १५ २०८२
    आइतबार, भदौ १५ २०८२
    भारतमा बसेर नेपालीमा मिर्गौला तस्करी, दुईजना पक्राउ

    काठमाडौँ, १५ भदौ । भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती छन् ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगर र भारती वीरगञ्जको पर्साबाट नियन्त्रणमा लिइएको दाबी गर्नुभयो । 


    पंगेनीका अनुसार उनीहरू लामो समयदेखि भारतको दिल्लीमा बसेर नेपालीहरुको मिर्गौला तस्करीमा संलग्न थिए ।

    पक्राउ परेका भण्डारी मिर्गौला तस्करीमा पक्राउ परेका अहिलेसम्मकै ठूला नाइके भएको भएको र उनको समूहले नेपालबाट मात्रै सयभन्दा धेरै नेपालीको भारतका विभिन्न सहरमा मिर्गौला बेचेको तथ्य नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

    ब्युरोको टोलीले भण्डारीलाई भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ । उनीसँगै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– २ का २९ वर्षीय सुजन भारती पनि पक्राउ परेका छन् ।

    उनी गिरोहका भण्डारीपछिका मुख्य नाइके हुन् । गत १९ साउनमा पक्राउ परेका काभ्रेको पाँचखाल नगरपालिका– १० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार, नुवाकोटको बेलकोटगढी नगरपालिका– ९ का २४ वर्षीय समीर नेपाली र वडा नम्बर ४ का ४७ वर्षीय राकेश नेपाली पनि भण्डारीकै समूहका सदस्य हुन् ।

    उनीहरू लामो सयमदेखि नयाँ दिल्ली स्थित लाजपतमा बसेर मिर्गौला तस्करी गर्दै आएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । भण्डारीले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला निकालेको स्वीकार गरेका छन् ।

    एसएसपी पंगेनीले अभियुक्त भण्डारी विगत सात वर्षदेखि भारतको नयाँदिल्लीमा बसी नेपाली नागरिकको मिर्गौला बेच्दै आएको भन्दै २५ जनाभन्दा धेरै नेपालीको मिर्गौला बेचेको तथ्य उनले प्रहरीको बयानमै स्वीकार गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार