• शनिबार, १ कात्तिक २०८३
  • images
    स्वास्थ्यमा बागमती प्रदेशको छलाङ

    मुटुरोगको उपचार नि:शुल्क, क्यान्सरमा एक लाख सम्मको सुविधा 

    मुटुरोगको उपचार नि:शुल्क, क्यान्सरमा एक लाख सम्मको सुविधा 

    मंगलबार, साउन २७ २०८२
    मंगलबार, साउन २७ २०८२
    मुटुरोगको उपचार नि:शुल्क, क्यान्सरमा एक लाख सम्मको सुविधा 

    काठमाडौं, २७ साउन । बागमती प्रदेशले स्वास्थ्यमा अर्को छलाङ मारेको छ ।

     प्रदेश सरकारले क्यान्सर र मुटुरोगका बिरामीलाई उपचारमा थप सहयोग गर्ने भएको छ ।

    images

    बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा विभिन्न अस्पतालसँग क्यान्सर र मुटुरोगको  उपचार सम्बन्धि सम्झौता गरेको जानकारी दिनुभयो ।

    मन्त्री थापाका अनुसार पाठेघरको मुखको क्यान्सरका बिरामीलाई उपचारकालागि सम्झौता भएका अस्पतालहरुमा बी एण्ड बी अस्पताल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर नेपाल, चितवन मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, धुलिखेल, कान्ति बाल अस्पताल, काठमाडौं क्यान्सर सेन्टर, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर,  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), नेशनल सिटी अस्पताल, नेपाल क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा महिला रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल छन् ।

     मन्त्री थापाले सम्झौता अनुसार पाठेघरको मुखको क्यान्सरका बिरामीले उपचार गर्दा पहिले पाउँदै आएको ५० हजार रुपैयाँमा थप ५० हजार रुपैयाँ पाउने बताउनुभयो ।

     संघीय सरकारले दिने १ लाख रुपैयाँ खर्च भएपछि बिरामीले प्रदेशबाट थप १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने छन् ।

    मन्त्री थापाका अनुसार सम्झौतामा मुटुरोगको  निःशुल्क उपचार तथा शल्यक्रियामा समेत आवश्यक परेमा पूर्ण रूपमा निःशुल्क गरिनेछ । 

    यसका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पताल तोकिएका छन् । 

     क्यान्सर र हृदयघातजस्ता जीवनघातक रोगको उपचारमा आर्थिक सहयोगको पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
     कार्यक्रममा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले विभिन्न अस्पतालसंग गरिएको सम्झौताले नागरिकलाई ठुलो राहत पुग्ने बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार