• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन हुने

    नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन हुने

    कान्तिपुर फर्मास्युटिकल्स ल्याब र दक्षिण कोरियन फर्मा उत्पादकबीच सम्झौता

    बुधबार, वैशाख ३१ २०८२
    बुधबार, वैशाख ३१ २०८२
    नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन हुने

    काठमाडौं,३१ वैशाख। कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबिएनपी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्वपूर्ण प्राविधिक सम्झौतामा हस्ताक्षर भएको छ।

    सम्झौता सँगै नेपालमै कोरियन प्रविधिको प्रयोग गरी पशु औषधि उत्पादन गरिने भएको हो।

    बुधबार काठमाडौंमा समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका सहसचिव डा सलिना मानन्धरको उपस्थितिमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका तर्फबाट अध्यक्ष  हेमराज बडाल (ऋषि)  तथा केबिएनपीका तर्फबाट हानी स्वङगबीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। 

    सम्झौताले कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन विश्वास लिइएको छ।

    कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेपालमा विश्वका ख्याति प्रप्त कम्पनीहरु सहकार्यमा आउनु राम्रो पक्ष रहेको भन्दै नेपालमा ऐन कानुनहरु पालना गर्न सकिने नै रहेको बताउनुभयो। 
    १९८८ मा स्थापना भएको केबीएनपी कोरियाको बहुराष्ट्रिय कम्पनि हो यसले भ्याकसिन तथा अन्य भेटनरी औषधि उत्पादन तथा विश्वका ३९ देशमा बिक्रिवितरण गर्ने गरेको छ। २०७५ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड नेपालको २६  भेट तथा ७० ह्युमेन मेडिसिन उत्पादन गर्ने फर्मा कम्पनी हो।

    सम्झौता पछी कान्तिपुर फर्माले केबीएनपी इन्कर्पोरेसन कोरियाको ब्राण्ड नाम प्रयोग गर्न पाउने छ भने नेपालमा लगानिको वातावरण राम्रो बनेमा केबीएनपीले नेपालमा उत्पादित औषधि अन्य मुलुकमा निर्यात गर्ने समेत लक्ष्य लिएको छ।

    यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने, मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानहरूलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालमा औषधि उद्योगमा लगानीको  संभावना रहेको भन्दै यो  सहकार्यको लागी शुभकामना व्यक्त गर्नुभयो ।

    त्यसैगरी पशु सेवा विभागकी सहसचिव डा शरीना मानन्धरले उद्योगलाई अन्तराष्ट्रिय सहकारर्यका लागि शुभकामना दिदै यस्ता कार्यमा विभागको सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले शुभकामना दिदै विदेशी उद्योगले प्रविधी, लगानी आउने र विश्व बजारमा जाने बाटो समेत खोल्ने बताउनुभयो । नेपालमा उद्योगको विकासमा  निजी क्षेत्रले मात्र सम्भव  नहुने भन्दै उहाँले सरकारले उद्योगमैत्री नीति बनाउनु पर्नेमा जोड दिनुभयो।

    नेपाल उद्योग वाणिज्य कहासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा पछिल्लो समय मुलुक बाहिर र भित्रका अनेक आर्थिक कारणले उद्योगहरु फस्टाउन नसकिरहेको अवस्थामा कान्तिपुर फर्मास्युटिकल ल्याबले उद्योगमा थप लगानी गर्नु सकरात्मक भएको भन्दै शुभकामना दिनुभयो।

    केबीएनपी कोरिया एक्सपोर्ट डाइरेक्टर  डा जेफ किमले नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेको बताउनुभयो। उहाँले हाम्रो प्राविधिक ज्ञान र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको गुणस्तरिय उत्पादन प्लान्ट तथा बजार व्यबस्थापन विशेषज्ञताको संयोजनले यहाँ उत्कृष्ट नतिजा दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

    कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका अध्यक्ष हेमराज बडालले अब नेपालमै अन्तर्राष्ट्रिय स्तरको पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्ने र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्ने बताउनुभयो । “यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्यात तर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास लिइएका छौ।”

    कम्पनीका प्राविधिक प्रमुख विवेक सिंह महतले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई केविएनपिले लामो समयदेखि अनुसन्धानात्मक कार्यहरूमा सहयोग गर्दै आइरहेको  जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार