• आइतबार, १४ भदौ २०८३
  • images

     नेपाल विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुकः प्रधानमन्त्री

     नेपाल विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुकः प्रधानमन्त्री

    शुक्रबार, चैत ८ २०८१
    शुक्रबार, चैत ८ २०८१
     नेपाल विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुकः प्रधानमन्त्री

    काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक रहेको बताउनुभयो ।
    नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको शुक्रबार उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । 

    kp oli.jpgउहाँले नेपालमा मिर्गौला उपचारमा ठूलो प्रगति हाँसिल गरेको बताउनुभयो ।  
    उहाँले नेपालले स्वास्थ्य क्षेत्रमा क्रमिक रूपमा उपलब्धि हासिल गर्दै गएको बताउनुभयो । 

    उहाँले गरिबी निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिनुभयो ।  
    दुई पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गएर प्रत्यारोपण गरेको बताउनुभयो । 
    दोस्रो पटक भने सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउन पाउँदा आफूलाई गर्व महसुस भएको ओलीले बताउनुभयो । 

    dr dibya singh shah pgm.jpg

    उहाँले सम्मेलनबाट प्राप्त निष्कर्षहरू सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा समाजका अध्यक्ष प्राडा दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतीकरण राख्नुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार