ललितपुर, १४ माघ । ललितपुर इमाडोलस्थित किष्ट अस्पतालमा एक युवाको शव फेला परेको छ।
मृतक महालक्ष्मी नगरपालिका वडा नम्बर ८ बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावल रहेको प्रहरीको भनाइ छ। उनी बिरामीका आफन्त रहेको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार सोमबार बिहान साढे ५ बजेतिर महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र रावल मृत फेला परेका हुन् ।
ती पुरूष गए राति शौचालय गएका थिए। उनको मृत्युको कारण खुलिसकेको छैन।
शव किष्ट अस्पतालमै पोष्टमर्टम भइरहेको छ।