• शनिबार, १ कात्तिक २०८३
  • images

    काठमाडौं महानगरले हटायो मदिराजन्य विज्ञापन बोर्ड 

    काठमाडौं महानगरले हटायो मदिराजन्य विज्ञापन बोर्ड 

    बुधबार, पुस १० २०८१
    बुधबार, पुस १० २०८१
    काठमाडौं महानगरले हटायो मदिराजन्य विज्ञापन बोर्ड 

    काठमाडौं १० पुस । काठमाडौँ महानगरपालिकाले भारतीय गायक सोनु निगमको कन्सर्टमा प्रायोजन गरेर विज्ञापन गरिएका मदिराको बोर्ड हटाएको छ। 

    वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको छ।

    images

    महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको महानगरले जनाएको छ। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको बताइएको छ।

    जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ मा मदिरा, सुर्तिजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसार निषेध गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार