• शुक्रबार, ३० असोज २०८३
  • images

    प्राडा. भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि इन्फ्रास्ट्रक्चर बैंकको ५० लाख सहयोग

    प्राडा. भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि इन्फ्रास्ट्रक्चर बैंकको ५० लाख सहयोग

    सोमबार, भदौ ३१ २०८१
    सोमबार, भदौ ३१ २०८१
    प्राडा. भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पतालका लागि इन्फ्रास्ट्रक्चर बैंकको ५० लाख सहयोग

    काठमाडौँ, ३१ भदौ । प्राडा भगवान कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले  ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
    बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । 
    आइतबार एक कार्यक्रमका बीच उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले किओचका अध्यक्ष प्राडा. भगवान कोइरालालाई हस्तान्तरण गरे।

     चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, नायव महाप्रबन्धक सुर्य बहादुर तामाङ, नायव महाप्रबन्धक विनयनाथ न्यौपाने लगायतका पदाधिकारीहरु तथा किओचका तर्फबाट डा. भगवान कोइराला, भुवन दाहाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    images

    बैंकबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्य लिई स्थापना भएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार