काठमाडौं, २४ माघ। लोकसेवा आयोगले ठूलो संख्यामा नर्ससहित स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ ।
स्वास्थ्यको पाचौँ तह अन्तगर्तमा पदमा आयोगले विज्ञापन खुलाएको हो । काठमाडौं लोकसेवा कार्यालयले खुलाएको विज्ञापनमा नर्सको संख्या धेरै छ ।
स्टाफ नर्समा खुल्लातर्फ मात्रै १७२ पदका लागि विज्ञापन गरिएको छ। समावेशीमा १४१ गरी ३१३ स्टाफ नर्सको पदमा विज्ञापन गरिएको छ।
नर्सपछि सबैभन्दा धेरै फार्मेसी सहायक पदमा कर्मचारी माग गरिएको छ । खुल्ला र समावेशी गरी २८ जना माग गरिएको छ ।
फिजियोथेरापिस्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर लगायत गरी ३७० भन्दा बढी पदमा लोकसेवाले विज्ञापन खुलाएको छ ।
हेरौं सूचना: