• आइतबार, १४ भदौ २०८३
  • images

    दैनिक कलेजो प्रत्यारोपण गर्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

    दैनिक कलेजो प्रत्यारोपण गर्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

    हेल्दीखबर
    आइतबार, पुस २९ २०८०
    हेल्दीखबर
    आइतबार, पुस २९ २०८०
    दैनिक कलेजो प्रत्यारोपण गर्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

    काठमाडौँ, २९ पुस । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दैनिक कलेजो प्रत्यारोपण गरेको छ । 


    पुस २७ र २८ गते केन्द्रले लगातार दुईजनाको कलेजो प्रत्यारोपण गरेको छ । 


     हाल सम्म केन्द्रले  १८ जनाको कलेजो र एक हजार १८१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । 


    वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपणले नियमितता पाए सँगै गत वैशाखदेखि १० जनाको कलेजो र १३८ जनाको मिर्गौला प्रत्यारोपण गरीसकेको छ । 


    केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठल सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा सस्तोमा गुणस्तरीय सेवा दिने गरेको केन्द्रमा जिवित अंगदाताबाट र मस्तिष्क मृत्यू पश्चात हुने अंगदान बाट समेत प्रत्यारोपण हुने गरेको बताउनुभयो । 

    baby liver transplant.jpg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार