लुम्बिनी, २७ मंसिर । लुम्बिनी प्रदेशमा काम गर्ने निजामती कर्मचारी महिलाले महिनावारी बिदा पाउने भएका छन् ।
प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भएकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको हो ।
प्रदेश निजामती सेवा विधेयक गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भएर गएको भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीका सूचना अधिकारी भूमिश्वर घिमिरेले कति दिन विदा दिने, क–कसलाई विदा दिने भन्ने कुरा नियमावली आएपछि मात्रै जानकारी हुने बताए ।
