काठमाडौं,२१ कार्तिक । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.श्रीराम तिवारीलाई नियुक्त गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा तिवारीलाई भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेका हुन्।
यसअघि डा. तिवारी वीर अस्पतालमा कार्यरत थिए।
यसअघि भरतपुर अस्पतालको मेसुमा डा कृष्ण पौडेल थिए ।