• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा वाजेद निर्वाचित, नेपाललाई २ मत

    डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा वाजेद निर्वाचित, नेपाललाई २ मत

    हेल्दीखबर
    बुधबार, कात्तिक १५ २०८०
    हेल्दीखबर
    बुधबार, कात्तिक १५ २०८०
    डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा वाजेद निर्वाचित, नेपाललाई २ मत

    काठमाडौं,१५ कार्तिक । विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा साइमा वाजेदको निर्वाचित भएकी छन् । बुधबार डब्ल्यूएचओको दक्षिण एसिया क्षेत्रीय समितिको ७६औं सम्मेलनमा भएको निर्वाचनमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी हुने ।

    निर्वाचनमा नेपालका तर्फबाट शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका थिए  १० मत खसेको निर्वाचनमा आचार्यले २ मत प्राप्त गरे।

    विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ वटा देश रहेका छन् । जसमा नेपाल, भारत, भुटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे छन् ।

    निर्वाचित वाजेदको नाम डब्ल्यूएचओको परिषद बैठकमा प्रस्तुत गरिने छ । जेनेभामा सन् २०२४ को जनवरी २२ देखि २७ सम्म बोर्डको बैठक बस्नेछ । उहाँले २०२४ को फेब्रुअरी १ देखि कार्यभार सम्हाल्नुहुने डब्ल्यूएचओले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार