• आइतबार, १ कात्तिक २०८३
  • images

    दसैँको टिकाको दिन भरतपुर अस्पतालमा २० शिशुको जन्म

    दसैँको टिकाको दिन भरतपुर अस्पतालमा २० शिशुको जन्म

    हेल्दीखबर
    शुक्रबार, कात्तिक १० २०८०
    हेल्दीखबर
    शुक्रबार, कात्तिक १० २०८०
    दसैँको टिकाको दिन भरतपुर अस्पतालमा २० शिशुको जन्म

    चितवन,१० कात्तिक । दशैको टिकाको दिन भरतपुर अस्पतालमा २०  शिशुको जन्म भएको छ।  

    प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।

    images

    अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन टीकाका दिन छ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने  अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो । 
     यसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएकामा आठ जनाको शल्यक्रिया गरिएको थियो । अष्टमीका दिन १७ जनाले शिशु जन्माएकामा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो । तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले बताए ।

     प्रसूति विभागमा खटिएका चिकित्सक, नर्सिङ् स्टाफ, सरसफाइकर्मीलगायत कर्मचारी चाडपर्व पनि नभनी निरन्तर काममा खटिएका उहाँको भनाइ थियो । काठमाडौँको  थापाथलीस्थित प्रसूति गृह पछि सबैभन्दा धेरै सुत्केरी सेवा यही अस्पतालबाट लिने गरेका छन् । 
    गत आर्थिक वर्षमा यो सङ्ख्या १२ हजार सात सय थियो । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ प्रसूति सेवाका लागि बिरामी आउने गर्दछन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार