• शनिबार, १ कात्तिक २०८३
  • images

    बन्दी अवस्थामा रहेकी डा.लक्ष्मी पाठक ६ दिनपछि मुक्त  

    बन्दी अवस्थामा रहेकी डा.लक्ष्मी पाठक ६ दिनपछि मुक्त  

    प्रहरीले बन्द कोठाबाट निकाल्यो

    हेल्दीखबर
    सोमबार, असोज २९ २०८०
    हेल्दीखबर
    सोमबार, असोज २९ २०८०
    बन्दी अवस्थामा रहेकी डा.लक्ष्मी पाठक ६ दिनपछि मुक्त  

    काठमाडौं, २९ असोज । एमबीबीएस अध्ययनरत विद्यार्थीले ६ दिनेदेखि कार्यकक्षमै थुनेर राखिनुभएकी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपल डा.लक्ष्मी पाठक बन्द कोठाबाट मुक्त भएकी छन् । 

    डा. पाठकले ६ दिनसम्म मोबाइल मात्रै प्रयोग गरेर बिताएको बताइन् । उनले आफ्नो घाटी सुकेर गाह्रो भएको भन्दै आफुलाइ बन्द कोठाबाट मुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । 

    images

    आफुलाइ प्रहरीको रोहबरमा बन्द कोठाबाट निकालिएको जानकारी डा. पाठकले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेकी छन् ।
     
    बन्दी अवस्थामा बस्नुपर्दा आफू बिरामी भएको भन्दै प्रिन्सिपल पाठकले बन्द कोठाबाट निकाल्न अपिल गरेकी थिइन् ।
     उनले फेसबुकमा लेखेकी छन् ,-" ६ दिन देखि मलाइ बन्द कोठामा राखेर दिइएको दिनरातको टर्चरबाट बार्ता सकाएर बिना कुनै लाठीचार्ज बिना कुनै हातपात प्रहरीहरुकै घेरा बिच हिडालेरै गाडीमा बसाली शान्तिपुर्ण तरिकाले त्यो यातना बाट छुटाउनु हुने CDO कार्यलय, जिल्ला प्रहरी कार्यलय, Human Rights, social activists, journalists, मेरो प्यारो किनदाइ सबैमा निकै आभार व्यक्त गर्दछु। मलाइ मेसेन्जर, sms, calls गरि हालखबर बुझ्नुहुने सम्पुर्णमा बिशेश धन्यवाद । दुखको यो घडीमा मलाइ भेट्न आउनुभएको ucms का faculty र स्टाफहरु प्रति हार्दिक नमन गर्दछु।"


    विद्यार्थीहरूले उपचारमा असरपर्ने गरी एमसीभी बन्द गरेर कलेज परिसरलाई अन्धकार बनाएको, बिरामी तथा कर्मचारीलाई लाने लैजाने गाडी राख्ने गेटमा ताल्चा लगाएको, मध्यरातमा हुलहुज्जत गरी नाराबाजी गरेर अनुशासनहीन गतिविधि गर्दै आएको आरोप डा.पाठकले लगाएकी छन्  । 

    डा. पाठकलाई बन्दी बनाइएकोप्रति राष्ट्रिय मानवअधिकार आयोगले पनि चासो व्यक्त गरेको थियो । यसैबीच विद्यार्थीहरुले भने डा.पाठकको राजीनामा मागिरहेका छन् । विद्यार्थीहरुले प्रिन्सिपलको आफ्नै हठका कारण बन्द कोठामा रहनुपरेको बताउँदै आएका छन् ।


    पाठकलाई कोठाबाट निकाल्दै गर्दा विद्यार्थीहरुले उनिविरुद्ध नाराबाजी गरेका थिए । डा.पाठकलाई निकालिएको विरोधमा कलेजका एमडी चिकित्सकहरुसमेत  धर्नामा छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार