• आइतबार, १ कात्तिक २०८३
  • images

    चिकित्सक संघले आजदेखि देशभरका अस्पताल बन्द गर्ने

    चिकित्सक संघले आजदेखि देशभरका अस्पताल बन्द गर्ने

    हेल्दीखबर
    आइतबार, भदौ ३१ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ ३१ २०८०
    चिकित्सक संघले आजदेखि देशभरका अस्पताल बन्द गर्ने

    काठमाडौँ, ३१ भदौ ।  आइतबार (आजबाट) देशभरका सम्पूर्ण अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुनेछन् ।

     नेपाल चिकित्सक संघले हेटौडास्थित सञ्चो अस्पतालमा कार्यरत  दुई जना सदस्य कुटिएको विरोधमा  देशभरका सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सवास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने भएको हो ।

    images

    यसअघि संघले कुटपिटमा सम्लग्न व्यक्तिहरुको पहिचान गरी कानूनी प्रक्रिया अघि बढाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । दिइएको अवधीमा सरकारले आफ्ना माग पुरा नगरेपछि कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य भएको संघले जनाएको छ ।

    गत २७ भदौका दिन सञ्चो अस्पतालमा डिउटीमा रहेका डाक्टरद्धय विकास थापा र प्रशान्त बिडारीमाथि एक महिना अघि मृत्यु भएका एक बिरामीको आफन्तहरुले सांघातिक आक्रमण गरेका थिए । प्रहरीले आक्रमण गर्ने समूहमध्येका ४ जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

    संघका अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीद्धारा जारी विज्ञप्तीमा सरकार समक्ष सात बुँदे माग समेत प्रस्तुत गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार