• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    डा. ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटाे सार्वजनिक  

    डा. ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटाे सार्वजनिक  

    असोज ५ देखि बजारमा 

    हेल्दीखबर
    शुक्रबार, भदौ २९ २०८०
    हेल्दीखबर
    शुक्रबार, भदौ २९ २०८०
    डा. ओममूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’   पुस्तकको कभर फोटाे सार्वजनिक  


    काठमाडौं, २९ भदौ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलको नयाँ पुस्तक `जीवन्त सम्बन्ध´ पुस्तकको कभर सार्वजनिक गरिएको छ ।
    डा अनिलकी धर्मपत्नी मनिशा श्रेष्ठ र छोरी अनिशाले डा. अनिलको पुस्तकको कभर सार्वजनिक गर्नुभएको हो ।  
    पुस्तक असोज ५ गतेदेखि बजारमा आउने छ । पुस्तकबारे प्रकाश पार्दै डा. अनिलले पुस्तक जिवन र जगत संग सम्बन्धित रहेको जानकारी दिए ।
    उहाँले किताब रोग बिशेषसंग सम्बन्धित नभएको भन्दै केबल जिबन र जगतसंग मात्रै सम्बन्धित भएको बताए।  दैनिक सयौ मुटुरोगी उपचार गर्दागर्दै पुस्तक लेख्न पुगेको भन्दै उनले पुस्तकको मुल्य ६०० रुपैयाँ पर्ने बताए। 
     हार्ड कपिलाइ भने एक हजार रुपैयाँ तिर्नुपर्ने छ । उनले पुस्तकबाट आएको नगद असहाय वृद्धबृद्दाको लागि  खर्च गरिने बताए । 

    डा. अनिलद्वारा लिखत पुस्तक असोज ५ गते विमोचन हुने कार्यक्रम रहेको छ । त्यहि दिन बाट पुस्तक बजारमा पाइन्छ । उक्त पुस्तकको लागि अहिलेदेखि नै बुकिङ गर्न सकिने छ । दराज एप तथा इसेवा मार्फत पुस्तकको लागि बुकिङ गर्न सकिने छ । 

    डा. ओममुर्ति अनिलले पुस्तकमा स्वास्थ्य भन्दा अरु कुरा ठुलो रहेको प्रष्ट्याउन खोजेको पनि बताए ।  मानिसको जिवन सबैभन्दा ठुलो भन्दै उनले सुखदुःख सबभन्दा ठुलो रहेको प्रष्ट पारे। कोहि ब्यक्तिलाइ दिर्घरोग लागेको छ एक बर्ष बाच्न सक्छ भने खुसि साथ बिताउन सक्ने विषय पुस्तकमा उल्लेख गरिएको छ । उनले कोहि ब्यक्ति ८० बर्ष बाचेर पनि खुसि भएर बाच्न नसकेको बताए।
    किताबमा म सबै हु,कसैको श्रीमान् ,कसैको बाबा ,कसैको छोरा हो भन्ने सन्देश दिइएको छ । 

    बच्चा नभएकोलाइ कति पिडा हुन्छ, परिवारको भमिका कस्तो हुन्छ भन्ने विषय पुस्तकमा उल्लेख छ ।  एउटा डाक्टर संग पतिपत्नीबीच गर्न नसकेको कुरा डाक्टरलाई भन्ने गरेको बताए ।

    उनले पेशामा बस्दा धेरै कुरा बझ्न थालेको बताए।  घरमा बसिबसि लाखौंलाख मानिसको भाबना बुझ्न सकिने भन्दै उनले विदेश जान किन बाध्य भइरहेको छ भन्ने सन्देश पुस्तकमा रहेको छ । उनले कति बिरामीको ज्यान जोगाए तर आफ्नै बाबुलाइ बचाउन नसकेकोमा भाबुक हुँदै वास्तविक जिवन के हो आफुले बुझेको बताए ।   जिवनमा भौतिक सुखमा मात्र रमाउने होइन , सम्बन्धलाइ परिचालन गर्न सक्नुपर्ने उनको भनाइ छ। मानिस बेचैन भएर किन मर्छ, जति बुढा हुन्छ त्यति बाच्न मन लाग्छ,किनकि जिवनमा केहि गर्न सकेको हुँदैन उनको भनाइ छ ।  किताबबाट पढेर धेरै सिक्न सकिने जानकारी पनि डा. अनिलले दिए। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार