काठमाडौँ, २२ भदौ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले दुर्गम क्षेत्रमा पनि टेलिमेडिसिन सेवा विस्तार गर्ने बताउनुभएको छ ।
११ औँ स्वास्थ्य खबर हेल्थ अवार्ड कार्यक्रममा मन्त्री शर्माले दुर्गममा स्वास्थ्य सेवा पु¥याउनका लागि टेलिमेडिसिन सेवा विस्तार गर्न लागेको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयको समन्वयमा टेलिमेडिसिन सेवा विस्तार गर्न लागिएको बताउनुभयो ।
दुरदराजमा स्वास्थ्य सेवा पु¥याउन लागि परेको उहाँको भनाई छ । उहाँले महिला स्वास्थ्यमा पनि सरकारले काम गरिरहेको बताउनुभयो । सरकारले टेलिमेडिसिनलाई प्राथमिकता राख्दै नेपालको लागि आवस्यक रहेको बताउनुभयो ।
उहाँले सरकारले सामाजिक काम गरिरहेको भन्दै सुशासन स्थापित गर्न सफल भएको बताउनुभयो । दुरदराजमा रहेका जनाताको स्वास्थको पहुँचमा रहनुपर्ने भन्दै विदेशी चिकित्सक पनि नेपालका दुरदराजमा आएर स्वास्थ्य सेवा प्रदान गर्नु सकारात्मक भएको बताउनुभयो । टेलिमिडिसिनलाई स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर दुरदराजमा स्वास्थ्य सेवा पु¥याइने उहाँको भनाई छ ।
स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई कदर स्वरुप अवार्ड वितरण गरिएको जानकारी दिनुभयो ।