काठमाडौँ, १७ जेठ । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री मोहन बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकमा नियुक्त गर्नुभएको हो । यसअघिका महानिर्देशक भरत भट्टराईलाई औषधि प्रयोगशालामा पठाइएको छ।