• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न 

    स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न 

    सात बुदे घोषणापत्र जारी

    हेल्दीखबर
    बुधबार, चैत २९ २०७९
    हेल्दीखबर
    बुधबार, चैत २९ २०७९
    स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न 

     


    काठमाडौँ, २९ चैत । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ । सात बुदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । 

    images

    ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नारासहित मंगलबारबाट  सम्मेलन सुरु भएको थियो ।
    सम्मेलनमा एक सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुत भएका थिए ।  १३७ मौखिक प्रस्तुति तथा ६४ पोष्टर प्रस्तुति भएको थियो । 

    नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसङ्ख्याविदहरु तथा नीति निर्माणकर्ताहरुलाई सम्लग्न गराई, उनीहरुको विज्ञताको उच्च सम्मान गर्दै तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनप्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्दाहरुको अन्तरविषयात्मक अनुसन्धान सम्बोधन गर्न मार्ग निर्देशन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो । 

    सात बुदे घोषणापत्र हेर्नुहोस्ः

    १,  राज्यका सबै तहमा अनुसन्धानकर्ता, निती निर्माता तथा कार्यक्रम ब्यवस्थापकहरुबीच मजबुत सम्बन्धका विकास गर्दै तथ्य मा आधारित प्रमाण लाई निती तथा कार्यक्रममा प्रयोग गर्ने।

    २, संयन्त्रको बढावा सुदृढिकरण सस्थागत गर्ने।

    ३, उच्च गुणस्तरको स्वास्थ्य निती र प्रणालीगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक सस्थाहरु बिचको आवश्यक सहकार्यलाई मजबुत एवम प्रवर्धन गर्ने।

    ४, स्वास्थ्यका बृहत्तर निर्धारकहरुलाई सम्बोधन गर्न गुणात्मक प्रमाणको आधारमा समाधानका उपायहरु पहिचान गर्न बहुक्षेत्रीय सरोकारवालाहरुबिचको समन्वय, सहकार्य, र साझेदारी लाई सुदृढीकरण गर्ने।

    ५, स्वास्थ्य प्रणालीका समस्याहरुलाई नविनतम समाधान प्रदान गर्ने नव परिवर्तनमुखी अनुसन्धानलाई मूल्यांकन प्रवर्धन र बृहत्तर कार्यन्यनका लागि संयन्त्र विकास एवम सस्थागत गर्ने।

    ६, जनतालाई वित्तीय जोखिमबाट बचाउदै स्वास्थ्यमा विश्वब्यापी पहुचतर्फ प्रगतिशील उपलब्धी हासिल गर्दै, समतामुलक पहुचलाई सहजिकरण गर्न अनुसन्धानमा आधारित प्रमाणको उत्पादन तथा प्रयोग प्रवर्धन गर्ने।

    ७, प्रमाणको आधारमा निती तथा कार्यक्रम निर्माणको व्यवस्थित संयन्त्र स्थापित गर्न यस अघिका सम्मेलन तथा त्यसका घोषणाहरुको समिक्षा तथा विश्लेषण गर्ने।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार