• शनिबार, १ कात्तिक २०८३
  • images

    ओखलढुंगाका कांग्रेस नेता र पत्नीको शव रुखमा झुण्डिएको अवस्थामा फेला

    ओखलढुंगाका कांग्रेस नेता र पत्नीको शव रुखमा झुण्डिएको अवस्थामा फेला

    हेल्दीखबर
    सोमबार, फागुन २२ २०७९
    हेल्दीखबर
    सोमबार, फागुन २२ २०७९
    ओखलढुंगाका कांग्रेस नेता र पत्नीको शव रुखमा झुण्डिएको अवस्थामा फेला

    ओखलढुंगा,२२ फागुन । नेपाली कांग्रेस ओखलढुंगाका पूर्वउपसभापति हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षीया बेदु  दाहाल   रुखमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ।
    दाहाल  दम्पतीको शव फेला  मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षीया बेदुको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । 

    प्रहरीका अनुसार दाहाल दम्पतीको शव घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

    images


    २०३१ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका दाहाल क्षेत्रीय सभापति समेत रहनुभएको थियो । 

    इलाका प्रहरी कार्यालय रामपुरबाट नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेर अनुसन्धान गरेको थियो।
    थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    दाहाल दम्पतीका १ छोरा र ५ छोरी हुनुहुन्छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार