• शनिबार, १ कात्तिक २०८३
  • images

    दादुराको प्रकोप क्षेत्रमा खोप नलगाएका बालबालिका भेटिए

    दादुराको प्रकोप क्षेत्रमा खोप नलगाएका बालबालिका भेटिए

    हेल्दीखबर
    शुक्रबार, फागुन १२ २०७९
    हेल्दीखबर
    शुक्रबार, फागुन १२ २०७९
    दादुराको प्रकोप क्षेत्रमा खोप नलगाएका बालबालिका भेटिए


    जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा दादुराको लक्षण देखिएका  बालबालिकाको नमूना सङ्कलन गर्ने क्रममा कुनै पनि खोप नलगाएका बालबालिका पनि भेटिएका छन् । जिल्ला नै पूर्ण खोप घोषणा भइसके पनि तीन बालिकाले कुनै पनि खोप लगाएका थिएनन् । 

    बिहीबार बूढीगङ्गा स्वास्थ्य शाखाका  स्वास्थ्यकर्मीले दादुराको लक्षण देखा परेका आठ बालबालिकाको रगतको नमूना लिने क्रममा तीन बालबालिकाले हालसम्म कुनै पनि खोप नलगाएको पाइएको स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताउनुभयो । 

    images

    नमूना लिइएका आठ बालबालिकामध्ये दुई बालिका भारतबाट दुई साता अघि घर आएका र एक बालिका दुई वर्ष पहिले मात्र घर आएपछि उनीहरुले खोप नपाएको खुल्न आएको उहाँले  जानकारी दिनुभयो । 

    खोप नलगाउनेमा सोही नगरपालिका–१ अम्कोटका तीन वर्षीया आशिका नेपाली, पाँच वर्षीया अनुस्का नेपाली र निशा नेपाली रहेका छन् । 
    दादुरा तथा रुबेला रोगको लक्षण देखा परेका बालबालिको उपचारका लागि दुई घण्टाको पैदल बाटो हिँडेर धुरालसैन आधारभूत स्वास्थ्यचौकीमा जाँदा स्वास्थ्यकर्मीले उपचार नगरेर नगरपालिकालाई खबर गर्छांै, घर जानु भनेर फर्काएको आफन्त कलशी नेपालीले बताउनुभयो ।

    उहाँले स्वास्थ्य केन्द्रमा उपचार नै नगराएर स्वास्थ्यकर्मीले घर फर्काएपछि बालबालिकाको ज्यान जाने हो कि भनेर आफू चिन्तित बनेकीमा  नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी आएर उपचार गरेपछि बल्ल ढुक्क भएको उल्लेख गर्नुभयो । गाउँमा २० परिवारका बालबालिका बिरामी भएको दुई साता बित्न लागेपछि  हिँडेरै उनीहरु दुई घण्टा टाढा रहेको धुरालसैन स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार