• आइतबार, २ कात्तिक २०८३
  • images

    चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो

    चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो

    हेल्दीखबर
    शुक्रबार, माघ २० २०७९
    हेल्दीखबर
    शुक्रबार, माघ २० २०७९
    चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो

     काठमाडौं,२० माघ ।  नेपाल चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको दोस्रो दिन ९८५ मत खसेको छ।

    काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ९८५ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।  पहिलो दिन हिजो ५८९ जनाले गरे मतदान गरेका थिए।

    images

    काठमाडौं उपत्यकामा बिहीबारदेखि सुरु भएको संघको निर्वाचन  शनिबार पनि हुनेछ। यसअघि माघ ६ र ७ गते काठमाडौं उपत्यका बाहिर निर्वाचन भएको थियो। १६ वटा निर्वाचन केन्द्रमा भएको चुनावमा कुल ३ हजार ६५० मत खसेको थियो।

    अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा  डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक, डा सन्तोष पौडेलको प्रगतिशील र डा शिवजी  सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धा छन्।

    निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना छन्। यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार