• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    डाक्टर भुसालको उम्मेदवारी खारेज

    डाक्टर भुसालको उम्मेदवारी खारेज

    हेल्दीखबर
    बुधबार, असोज २६ २०७९
    हेल्दीखबर
    बुधबार, असोज २६ २०७९
    डाक्टर भुसालको उम्मेदवारी खारेज

      काठमाडौं,२६ असोज  । रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवारी दिनुभएका डा. कमल भुसाल (निकोलस)को उम्मेदवार खारेज भएको छ। निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै डा.भुसालको उम्मेदवारी खारेज गरेको हो।

    भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो। उक्त उजुरीको छानबिन गर्दै आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भुसालको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।

    डा भुसालविरुद्ध सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराउनुभएको थियो। 

    सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार जारी गरेको सूचनामा प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा कमल भुसाल (निकोलस) को प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले उम्मेदवारी खारेज भएको उल्लेख छ ।

    भुसाल  विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार