• बिहीबार , २९ असोज २०८३
  • images
    images

    सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र राख्नैपर्ने

    सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र राख्नैपर्ने

    उद्योगीद्वारा दर्ता गरेको रिट सर्वाेच्चद्वारा खारेज  

    हेल्दीखबर
    आइतबार, भदौ १२ २०७९
    हेल्दीखबर
    आइतबार, भदौ १२ २०७९
    सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र राख्नैपर्ने

    काठमाडौं । अब  सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र राख्नैपर्ने भएको छ।  सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी संशोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ। सर्वाेच्च अदालतमा २०७१ सालमा दर्ता भएको रिटमाथि आइतबार फैसला भएको छ । उक्त निर्देशिका कार्यान्वयन नगर्न माग गर्दै उद्योगीले दर्ता गरेको रिट सर्वाेच्चले खारेज गरिदिएको हो।
    न्यायाधीशद्वय कुमार रेग्मी र डा. मनोजकुमार शर्माको इजलासले संशोधित  निर्देशिका लागू नगर्न माग गर्दै परफेक्ट व्लेन्डसले दायर गरेको रिट खारेज गरेको हो । 

    यो रिटविरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गर्नुभएको थियो । 
    यो निर्देशिका लागू भएपछि अब सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र राख्नुपर्नेछ। निर्देशिका संशोधन नहुँदा ७५ प्रतिशत भागमा यस्तो चित्र राखे पुग्थ्यो । 

    images

    नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष २७ हजार बढीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले देखाएको छ। सर्वोच्चका प्रवक्ता विमल पौडेलले सुर्ती उद्योगीहरुको तर्फबाट दायर रिट बदर भएको र कोइराला तथा एक्सन नेपालको तर्फबाट दायर रिटमा परमादेश जारी भएको बताउनुभयो । उहाँले  सर्बोच्चको आदेशले निर्देशिका कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको बताउनुभयो।

    रिटलाई देखाएर उद्योगीहरुले ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र राख्न इन्कार गर्दै आएका थिए । अब भने संशोधित निर्देशिका अनुसार सुर्ती, चुरोटका प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र राख्नै पर्ने भएको छ।

    सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी संशोधित निर्देशिका २०७१ ले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी आउने विश्ववास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार