काठमाडौं । धरानका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भद्रगोल अवस्थामा रहेको भन्दै सरकारले चलाउन नसके स्थानीय सरकारलाई सुम्पिदिन माग गर्नुभएको छ। धरानका मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रतिष्ठानको स्वास्थ्य सेवा भद्रगोल र लथालिङ्ग अवस्थामा रहेको भन्दै साम्पाङले सरकारले गठन गरेको अध्ययन प्रतिवेदनअनुसार विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र बिरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको बताउनुभयो । कतिपय अवस्थामा सामान्य मेहनत गरे सञ्चालनमा आउने उपकरण बिगारेर राखिएको छ। स्वास्थ्य मन्त्रीसँगको भेटमा उक्त अस्पताल स्थानीय सरकारलाई सञ्चालनका लागि सुम्पिन अनुरोध गरेको मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । स्वास्थ्य मन्त्री सँगको भेटमा बिपी अस्पताल केन्द्र सरकारले चलाउन सक्दैन भने स्थानीय सरकारलाई सुम्पिदिनु हामी चलाउँछौँ भनेको छु । छिटो निर्णय गरोस्,’ उहाँले फेसबुकमा लेख्नुभएको छ।
अस्पतालमा कार्यरत केही चिकित्सकहरूले कार्यालय समयमै बाहिरका निजी क्लिनिकमा काम गरेको पनि प्रतिवेदनमा उल्लेख छ । भित्र उपलब्ध हुने सेवाहरू पनि रेफर गरेर क्लिनिकमा पठाउने समस्या उत्तिकै रहेको छ ।