• सोमबार, २ कात्तिक २०८३
  • images

    डाक्टर कृष्णप्रसाद पौडेलको निबन्ध संग्रह ‘लय छुटेको समय’ बजारमा

    डाक्टर कृष्णप्रसाद पौडेलको निबन्ध संग्रह ‘लय छुटेको समय’ बजारमा

    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
    डाक्टर कृष्णप्रसाद पौडेलको निबन्ध संग्रह ‘लय छुटेको समय’ बजारमा


    चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले ‘लय छुटेको समय’ नामक निबन्ध संग्रह पुस्तक बजारमा ल्याउनुभएको छ । 
    उक्त पुस्तकमा दुई खण्डका निबन्ध संग्रहहरु रहेको छ ।  डा.पौडेलले  लय छुटेको समयको पहिलो खण्डमा उपचारको उपक्रममा २२ वटा शिर्षक रहेको जानकारी दिदै पहिलो खण्डमा मेडिकल सोसोलोजी अर्थात अस्पताल र मानिसहरुको मनोविज्ञान तथा भावनासँग सम्बन्धित विषयबस्तु समेटिएको बताउनुभयो । यस्तै, दोस्रो खण्डमा लकडाउन डायरी छ भने कोरोना सुरु भएदेखि कोरोनाको दोस्रो कहरसम्मका घटना विवरणहरुलाई उनले निबन्ध मार्फत प्रस्तुत गर्नुभएको छ । उक्त निबन्धमा ३५ वटा शिषर्क रहेका छन् । यी विषयवस्तुहरु यथार्थपरक भएको मेसु डा पौडेलको भनाइ छ। मेसु पौडेलद्धारा लिखित लय छुटेको समय तेस्रो पुस्तक हो। स्कुल पढ्दादेखि नै कथा, कविता तथा निबन्ध लेखनमा रुची राख्ने डा पौडेलले यसअघि पनि २ वटा पुस्तक लेखिसक्नुभएको छ । यसअघि उहाँले कविता संग्रह खुसीहरुको वनबास र कम्मरीदेखि कोभिड उपचार नामक पुस्तक लेखिसक्नुभएको छ । लय छुटेको समय पुस्तक बजारमा उपलब्ध भइसकेको तर औपचारिक विमोचन भने हुन बाँकी रहेको डा पौडेलले जानकारी दिनुभयो ।  

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार