• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    सिकलसेल परीक्षणमा कठिनाई

    सिकलसेल परीक्षणमा कठिनाई

    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
    हेल्दीखबर
    आइतबार, असार १९ २०७९
    सिकलसेल परीक्षणमा कठिनाई

    नेपालगन्ज । सिकलसेलका विरामी पहिचानका लागि बाँकेमा स्वास्थ्य कार्यालय र स्थानीय तहले स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गरेका छन् । सिकलसेल तथा तथा थालेसिमियाका पहिचानका लागि मेसिनको अभाव हुँदा समस्या देखिएको छ।  स्वास्थ्य कार्यालयले ५७२ जनाको रगतको नमूना परिक्षणमा ९६ जना सिकलसेलका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले विरामीका लागि गाउँमै उपचार तथा परामर्शका लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेले थारु समुदायमा सिकलसेल रोग अझैपनि लुकेका कारण पहिचानका लागि समस्या भएको बताउनुभयो। भेरी अस्पतालमा रहेको एक मात्र मेसिनबाट रगत परीक्षण गरी सिकलसेल तथा थालेसिमिया रोगको पहिचान गर्न कठिनाई हुने उहाँको भनाइ छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार